कानुन बमोजिम आवश्यक सुधार गर्न तयार छु: कानुनमन्त्री चौरसिय

नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्याय क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि कानुनबमोजिम आवश्यक सुधार गर्न आफू तयार रहेको बताएका छन्।

मंगलबार न्यायपालिकाको पाँचौं पञ्जवर्षीय योजनाको सार्वजनिकीकरण कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री चौरसियाले न्यायपालिकाले उच्चकोटीको न्याय सम्पादन गरिरहेको दाबी गरे।

उनले भने, ‘नेपालको न्यायपालिका जसरी न्याय सम्पादन गरिरहेको छ त्यो उच्चकोटीको छ। आज म नेपालको कानुनमन्त्रीको नाताले माननीय श्रीमानहरुलाई के आश्वस्त पार्न चाहन्छु भने न्याय क्षेत्रमा भएका अप्ठ्याराहरुलाई कानुन बमोजिम आवश्यक सुधार गर्नका लागि म तयार छु। न्यायपालिका, व्यवस्थापिका र  कार्यपालिकामा नेपालको संविधानले सन्तुलन मिलाउने काम गरेको छ। व्यवस्थापिकाले कानुन बनाउने, संशोधन गर्ने, कार्यपालिकाले त्यसको कार्यान्वयन गर्ने र ती कानुनहरु संविधान बमोजिम छन् कि छैनन् र कार्यपालिका उच्छृंखल हुनबाट रोक्न कानुन पालन गराउने न्यायपालिका हो।’

न्यायपालिकाले लोकतन्त्रलाई थप सुदृढ बनाउन सहयोग गरेको चौरसीयाको भनाइ छ।

प्रकाशित मिति: : 2024-07-16 16:05:00

प्रतिकृया दिनुहोस्