नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदै

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) पद तथा गोपनीयताको शपथ लिँदैछन्।

राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

एमाले अध्यक्ष रहेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६को उपधारा (२) बमोजिम शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेका सांसदहरुको समर्थनमा ओली प्रधानमन्त्री भएका हुन्।

प्रधानमन्त्री ओलीले आजै कांग्रेस र एमालेका मन्त्रीहरु सामेल गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी छ।

प्रकाशित मिति: : 2024-07-15 06:38:00

प्रतिकृया दिनुहोस्