के ओलीका यी पाँच प्रवृत्ति फेरि नदोहोरिलान्?

अनलाइनखबर

डम्बर खतिवडा

एमाले अध्यक्ष केपी शर्मा ओली फेरि सत्तामा फर्किंदैछन्। शक्ति सम्भ्रान्तहरूको वृत्तभित्र ‘सरकार आलोपालो’ को एकफन्को गोलचक्कर पूरा भएको छ। ठीक ३ वर्षअघि, २०७८ असार २८ गते सर्वोच्च अदालतको ‘परमादेश’ पछि ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हन्तान्तरण गर्न बाध्य भएका थिए।

त्यसअघि उनले सत्तामा टिकिराख्न गर्न सक्ने सबै गर्न हुने-नहुने उपाय गरेका थिए। देश नै एक ठूलो संवैधानिक तथा राजनीतिक संकटको भुमरीमा फसे जस्तो भान भएको थियो। देउवाको प्रधानमन्त्रित्वलाई ओलीले ‘जनादेशका विरुद्ध परमादेशको सरकार’ भन्दै हियाउने, ओल्चिने र अपमान गर्ने गरेका थिए।

प्रकाशित मिति: : 2024-07-14 09:53:00

प्रतिकृया दिनुहोस्