बिएल संवाददाता
बाँकेमा फेरि एकपछि अर्को आपराधिक घटना बढ्न थालेका छन्।
नेपालगञ्ज बजार क्षेत्रभन्दा केही दुरीमा रहेको कम्दी मिलनचौकमा नारायण डाँगी समूहका युवाहरुले स्थानीय रियाजुद्दिन खानमाथि खुँडा प्रहार गरेका छन्।
यसअघिसमेत अनुराग शाहमाथि खुँडा प्रहार गरेको उक्त समूहले फेरि रियाजुद्दिन खानमाथि आक्रमण गरेका हुन्। शाहको भारतस्थित लखनउमा लामो समय उपचार चलेको थियो।
बाँकेको राप्ति सोनारी अगैया क्षेत्रमा बस्ने डाँगी समूहले डुडुवा गाउँपालिकास्थित कम्दीमा रियाजुद्दिन खानमाथि सामूहिक आक्रमण गरेको बुझिएको छ।
शुक्रबार राति करिब ९ :३० बजे पुगेको डाँगी समूहले रियाजुद्दिन खानमाथि सांघातिक आक्रमण गरेको थियो।
उक्त घटनापछि स्थानीयवासीहरुले शनिबार कम्दीमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
घटनाका दोषीलाई पक्राउ गरी आवश्यक कारवाही नहुँदासम्म आफूहरु चुप नलाग्ने भन्दै स्थानीवासी आन्दोलित भएका छन्। यसअघिका घटनामा पक्राउ परेका डाँगी अदालतबाट धरौटीमा रिहा भएका थिए।

मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया