बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टीका सभापति रवि लामिछाने अहिले पनि नयाँ गठबन्धन सरकारमा जानका लागि ढुकेर बसेको आरोप लगाएका छन्।
‘अहिले पनि नयाँ गठबन्धनको सरकारमा जान पाइहालिन्छ कि भनेर ढुकेर बसेका मान्छेहरू पार्टीमा छन्’, पार्टीको कारबाहीपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले भने ‘प्रचण्ड, ओली र देउवाको शैली मन पर्ने मान्छेलाई मेरो शैली नराम्रो लाग्नसक्छ। अहिले भएको यत्ति हो।’
उनले पार्टीभित्र सभापति रवि लामिछानेको शैली निरंकुश हुँदै गएको भन्दै आफूले केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेको बताए।
‘तर लाइभ गरिएन। मैले उहाँहरूको असलियत देखाउनका लागि यस्तो माग गरेको थिएँ’ उनले भने ‘कालो टेप लगाउनु त्यो गल्ती थियो कि थिएन, थियो भने आत्मालोचना गर्न तयार छु। तर मैले सोचेको थिएँ बैठकभन्दा अघि मसँग कम्तीमा केही समय वार्ता गर्नहुन्छ कि भनेर तर त्यसो भएन र मैले मुखमा कालो टेप लगाएर बसेँ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया