अर्जेन्टिना काेपा अमेरिका कपकाे फाइनलमा

getty image
getty image

अर्जेन्टिना काेपा अमेरिका कप- २०२४काे फाइनलमा पुगेकाे छ।

बुधबार बिहान क्यानडालाई २-० गाेल अन्तरले पराजित गर्दै फाइनलमा पुगेकाे हाे। अर्जेन्टिनाकाे जितमा जुलियन अल्भारेज र लियाेनल मेसीले १-१ गरे।

अल्भारेजले पहिलाे हाफकाे २१औँ मिनेट र मेसीले दाेस्राे हाफकाे ५१औँ मिनेटमा गाेल गरेका थिए। जारी काेपा अमेरिका कपमा मेसीकाे याे पहिलाे गाेल हाे।

अर्जेन्टिनाले बिहीबार बिहान हुने उरुग्वे र काेलम्बियाबीचकाे खेलकाे विजेतासँग जुलाई १५ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2024-07-10 07:45:00

प्रतिकृया दिनुहोस्