गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको ‘हेड कोच’

Break n Links
Break n Links

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा टिमका पूर्वसदस्य गौतम गम्भीर नियुक्त भएका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मंगलबार अबेर गम्भीरलाई मुख्य प्रशिक्षक नियुक्त गरेकाे हाे।

आफू मुख्य प्रशिक्षक नियुक्त भएपछि गौतम गम्भीरले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त पाउनु आफ्ना लागि गर्वको विषय भएको बताएका छन्। उनले राहुल द्रविडको प्रशिक्षणमा भारतीय टिमले महत्वपूर्ण उपलब्ध प्राप्त गरेको भन्दै त्यसलाई आफूले अगाडि बढाउने पनि बताएका छन्।

हालका मुख्य प्रशिक्षक द्रविडको सन् २०२४ को विश्वकपसँगै पदावधि सकिएको छ।

यस्तै, बीसीसीआईका सचिव जय शाहले गम्भीरलाई स्वागत गर्दै उनी एक महान खेलाडी र मेन्टर भएको बताएका छन्।

गम्भीर अहिले आईपीएलमा कोलकाता नाइट राइडर्सका मेन्टर हुन्।

खेलाडीको रूपमा उनले २००७ मा भारतको टी–२० विश्व कप र २०११ मा एकदिवसीय विश्वकप जितेका थिए। गम्भीरले २०११ देखि २०१७ सम्म सात आईपीएल सिजनहरूमा कोलकाताको कप्तानी गरे।

प्रकाशित मिति: : 2024-07-09 20:38:00

प्रतिकृया दिनुहोस्