बिएल संवाददाता
विराटनगरमा एक युवकको हत्या भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
माेरङकाे कटहरी गाउँपालिका-१ का २१ वर्षीय करण कामतको सोमबार राति हत्या भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ।
कटहरी–१ कै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते छन्।
सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकमनजिक तीनै जना शरीरमा धारिलो हतियार प्रहार भएकाे अवस्थामा भेटिएका थिए। गम्भीर घाइते कामतको उपचारका लागि अस्पताल लगिएकाेमा मृत्यु भएकाे हाे।
प्रहरीका अनुसार मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएकोजस्तो चोट देखिएको छ।
यसैगरी घाइते भएका मण्डलकाे पाखुरा र ढाडमा धारिलो हतियार प्रहार भएकाे चोट छ भने रायकाे कोखा र ढाडमा चोट छ। दुई जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार दुई पक्षबीच भएको ग्याङफाइटजस्तो देखिएकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया