सोमबार, १५ डिसेम्बर २०२५

बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप, बाल कैदी फरार

File Photo
• • •

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा सोमबार राति झडप हुँदा केही बाल कैदी फरार भएका छन्।

सोमबार साँझ करिब ७ बजे खाना खाने विषयमा विवाद उत्पन्न भएसँगै झडप भएको थियो। झडपपछि झण्डै ५० जना बाल कैदी सुधार गृहबाट भागेका हुन्।

भागेकामध्ये ८ जना अझै फरार छन्। अन्यलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यहाँ २ सय ७२ जना बाल कैदी राखिएको छ। विवाद गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

बाँके प्रशासनको र प्रहरीको कडा व्यवस्थापनमा रहेको सुधार गृहमा पटकपटक यस्ता घटना भइरहन्छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!