बिएल संवाददाता
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकाे बालकाेटस्थित निजी निवासमा खटिएका सुरक्षा प्रमुख मृत फेला परेका छन्।
ओलीकाे निजी निवासकाे सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापा आफ्नै घर सूर्यविनायक नगरपालिका- ९ गुण्डुमा शनिबार बिहान मृत भेटिएका हुन्।
शुक्रबार साँझ खाना खाएर सुतेका थापा शनिबार बिहान साढे ५ बजेतिर अचेत अवस्थामा फेला परेका थिए। उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएका उनलाई बिहान साढे ६ बजे मृत घाेषणा गरेकाे हाे।
थापाकाे शव अहिले पाेष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएकाे छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया