सोमबार, १५ डिसेम्बर २०२५

तारा एयरले भन्याे- हाम्राे जहाज सम्पर्कविहीन भएकाे छैन, कसले हल्ला फैलायाे थाहा भएन

File Photo
• • •

सामाजिक सञ्जालमा तारा एयरकाे विमान सम्पर्कविहीन भएकाे भन्दै हल्ला फैलाइएकाे छ।

साेमबार सामाजिक सञ्जालमा विभिन्न प्रयाेगकर्ताहरूले जाेमसाेमका लागि उडेकाे जहाज सम्पर्कविहीन भएकाे भन्दै हल्ला फैलाइएकाे हाे। यद्यपि, त्याे कुरा सत्य नभएकाे तारा एयरले जनाएकाे छ।

तारा एयरले अहिले जाेमसाेमका लागि उडान नै नगरेकाे जनाएकाे छ।‘अहिले जाेमसाेममा विमानस्थल नै बन्द छ, हाम्रा जहाज त्यहाँ कसरी जाउन्’, तारा एयरकाे केन्द्रीय कार्यालयकी सहायक अफिसर उर्मिला तण्डुलकरले बिएल नेपाली सेवासँग भनिन्, ‘तर, हामीले पनि देखिरहेका छाैँ, सामाजिक सञ्जालमा फैलिएका हल्ला, याे हल्ला कहाँबाट फैलिएकाे छ हामीलाई थाहा भएन।’

उनले अहिले तारा एयरका दुई वटा विमान रहेकाे तीमध्ये एउटाले सिमिकाेट र अर्काेले लुक्लाका लागिमात्रै उडान गरिरहेकाे बताइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!