धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइ कार्यक्रम आयोजना गरिएको छ।
राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी भएका छन्।
रोपाइ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइमा सहभागी भएको राष्ट्रपति सचिवालयले जनाएको छ।