सर्वोच्चद्वारा केदार कार्कीकाे रिट खारेज, हिक्मत कार्कीकाे सरकारले पायाे निरन्तरता

File Photo
File Photo

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेकाे रिट खारेज भएकाे छ।

मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा‍. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित पूर्ण इजलासले कोशी सरकारविरुद्ध कार्कीले दायर गरेको रिट खारेज गरेको हो।

यससँगै मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीकाे सरकारले निरन्तरता पाएको छ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका थिए।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए। उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन्। 

प्रकाशित मिति: : 2024-06-25 17:23:00

प्रतिकृया दिनुहोस्