डेविड् अल्विन राउत
मालिक बद्लिए आफ्नै कुकुरले भुकेको देख्नुपर्छ
दया–माया नदेखाउ कसैलाई भोली थुकेको देख्नुपर्छ
सम्बन्ध जति नै बाँध यहाँ आफ्नो मान्छे खोजी–खोजी
खेपमा खेप लगाएको गाँठो पनि फुकेको देख्नुपर्छ
ममताको सागरमा डुबाउँछु म भन्छौ, दुनियाँलाई तिमी
जब स्वार्थ पुरा हुन्छ, सागर आफै सुकेको देख्नुपर्छ
कसैलाई चिन्न सुखको मैदानमा उत्रनु पर्दैन महोदय
दुःखमा गुहार लगाइ हेर्नोस्, सबै लुकेको देख्नुपर्छ
दु:खमा साथ दिए झै हुँदैनन् सुखमा हात थाम्नेहरू
सहारा दिनभन्दा पैले उसकाे शिर झुकेको देख्नुपर्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया