रीत निरौला गुरागाईं
सफल हुँदैन, जबसम्म दोधारमा छ जिन्दगी ।
मान या नमान, तबसम्म हारमा छ जिन्दगी ।।
“धोबिको कुकुर घरको न घाटको” भनेजस्तै
यता न उता आफ्नो त संघारमा छ जिन्दगी ।।
सबैको भाग्यमा कहाँ लेखेको हुन्छ र महल
हो अचेल धेरैको यहि बजारमा छ जिन्दगी ।।
चाहिएको मिलेन, मिलेकोमा रमाउन सकिएन
कुनै आकर नभएको निराकारमा छ जिन्दगी ।।
न जन्मदा केहि ल्याइन्छ, न मर्दा केहि लगिन्छ
खै फेरि केका लागि सधैँ हतारमा छ जिन्दगी ।।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया