गृहमन्त्रीले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याए: केसी

Break n Links
Break n Links

नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाएका छन्। 

आज प्रतिनिधि सभा बैठकमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्। सांसद केसीले प्रहरी ऐन विपरित प्रहरीहरुको जथाभावी सरुवा किन गर्नुपर्यो ? भनि गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे। 

गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरुको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाएको भन्दै उनले आक्रोश व्यक्त गरे। सय दिनमा १७ पटक प्रहरी र ६६ जिल्लाका सिडियो परिवर्तन गरेर गृहमन्त्रीले सरुवा आतंक फैलाएको केसीको दाबी छ।

'सय दिनमा १७ चोटी प्रहरीहरू परिवर्तन भए। ३४ सय भन्दा बढि प्रहरीहरू यो तीन महिनाको अवधिमा परिवर्तन भए। ६६ जना सिडियो र सहायक सिडियो परिवर्तन भएका छन्। सय दिनभित्र यत्रो परिवर्तनको आवश्यकता किन?’, उनले आक्रोशित हुँदै प्रश्न गरे।

प्रकाशित मिति: : 2024-06-18 19:22:00

प्रतिकृया दिनुहोस्