भ्रष्टाचार विराधी अभियन्ता हुँ भन्दै ठगी गर्ने चार जना पकाउ परेका छन्।
गोकर्णेश्वर नगरपालिकाभित्र गैह्रकानुनी रुपमा भष्ट्राचारविरुद्धको अभियान नामक संस्था खोली ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडाैँ टालीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ वर्षका राजु सुनार, साही ठाउँका गोकर्णेश्वर–८ का २६ वर्षका आदर्श क्षेत्री, गोकर्णेश्वर–१ बस्ने २० वर्षकी अस्मिता खत्री र गोकर्णेश्वर–२ बस्ने ४५ वर्षको प्रेम प्रसाद श्रेष्ठ रहेका छन्।
उनीहरुले विभिन्न वडाहरुमा गई त्यसका शाखाहरुसमेत अवैध रुपमा विस्तार गरी विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार उपभोक्तामा गएर ठगी गरेकाे प्रहरी बताएकाे छ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ