नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण काठमाडौँ उपत्यकाका निजी पेट्रोल पम्प बन्द भएका छन्।
निजी पेट्रोल पम्प बन्द हुँदा सरकारी पम्पमा भीड बढ्न थालेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा इन्धन हाल्न सवारीसाधनको लाइन लाग्न थालेका छन्।
आइतबार ट्यांकरका चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत सातबुँदे माग राखेर थानकोट डिपोबाट इन्धन नउठाएपछि निजी क्षेत्रको पेट्रोल पम्पमा इन्धन अभाव देखिएको हो।
यता, आन्दोलनरत ट्यांकर चालकलाई सरकारले वार्तामा बलाएकाे छ। उनीहरूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्तामा बाेलाएको हो।