नेपाली बलरको शानदार प्रदर्शन, बंगलादेशद्वारा १ सय ७ रनको लक्ष्य प्रस्तुत

Break n Links
Break n Links

टी २० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ।

नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई रनमा रोकेका हुन्।

नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडे।

सन्दीप लामिछानेले टी २० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन्। उनी थोरै खेलमा विकेटको शतक पुरा गर्ने दोस्रो खेलाडी बने।

प्रकाशित मिति: : 2024-06-17 06:53:00

प्रतिकृया दिनुहोस्