बिएल संवाददाता
खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ। करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन्।
पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो। बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।
पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन्। त्यस्तै चट्याङ लागेर चिचिला गाउँपालिका– २ आहालेकी सावित्रा गुरुङको मृत्यु भएको छ।
खाँदबारी नगरपालिका– ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा कम्तीमा एक सय १० परिवारलाई प्रत्यक्ष असर परेको वडा नं. ६ अध्यक्ष अर्जुनकुमार तामाङले जानकारी दिए। खेतबारीमा ठूलाठूला ढुङ्गा थुप्रिएर बगरमा परिणत भएका छन्।
डुङ्डुगे आकाशे सिँचाइ र हिँगुवा कुलो सिँचाइमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन्। धुपू बाह्रबीसे जोड्ने माल्टा खोलामाथिको पक्की पुल जोखिममा परेको छ। खाँदबारी– ४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन्। पहिरोबाट विस्थापित बनेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्।
वर्षा धेरै भएकाले नदी किनारा, भिरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आग्रह गरेको छ। उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ।
बाढीले कम्तीमा रु. तीन करोड बढीको क्षति पारेको अनुमान गरिएको जनाइएको छ। क्षतिको तथ्याङ्क भने गाउँस्तरमा भइरहेको छ।
त्यस्तै चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोसी राजमार्गअन्तर्गत मुढे–नुम र ठूलोढुङ्गा–अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया