आइसिसी टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई १२० रनकाे लक्ष्य दिएकाे छ। अमेरिकास्थित न्युयाेर्कमा टस हारेर पहिले ब्याटिङ गरेकाे भारत १९ ओभरमा ११९ रन बनाएर अलआउट भयाे।
त्यसक्रममा भारतका रिषभ पन्तले ४२, अक्षर पटेलले २०, कप्तान राेहित शर्माले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
ओपनर बिराट काेहली ४, सूर्यकुमार यादव ७, शिभम दुबे ३, हार्दिक पाड्या ७, रवीन्द्र जडेजा र जसप्रित बुम्राह शून्य रनमा आउट भए।
पाकिस्तानका नसिम शाह र हरिस रउफले ३-३ तथा माेहमद अमिरले २ विकेट लिए।
जारी विश्वकपमा पहिलाे खेलमा अमेरिकासँग पराजित भएकाे पाकिस्तान पहिलाे जितकाे खाेजीमा छ। भने, पहिलाे एक खेल जितेकाे भारत पाकिस्तानलाई हराएर सुपर ८ मा पुग्ने सम्भावना बलियाे बनाउन चाहन्छ।