सनीराज शाक्य
घरैघर अनि गाडी नै गाडीले भरिएको काठमाडौँ सहरका सडकहरू जति जेलिएका छन्, यहाँका फुटपाथहरू पनि उस्तै छन्।
मुख्य सडकमा कतै कतै फुटपाथहरू चौडा छन्। कतै दुईजना मान्छे नै हिँड्न नमिल्नेगरी साँघुरिएका छन्। कतै हिँड्दा हिँड्दै सकिने फुटपाथ छन्। अनि कतै हिँड्दा हिँड्दै ठोक्किने छन्।

पैदल यात्रुको पहिलो अधिकार हुनुपर्ने यी फुटपाथहरू छेउछाउका घरमूलि अनि साहुजीहरूका निजी आँगनजस्ता पनि छन्। कतै निर्माणका सामग्रीले छेकिएका छन्। कतै बिजुलीका खम्बाहरू ठडिएका छन्। कतै बिजुलीका ट्रान्सफर्मरहरूले रोकिएका छन्।
काठमाडौँका सडकमा जति फुटपाथ छन्, एकाधबाहेक ती सबै सजिला र सुरक्षित छैनन्। न अपाङ्गतामैत्री छन्, न बालमैत्री। न वृद्धवृद्धा वा अरु कुनै अशक्तहरू ढुक्क भएर हिँड्न मिल्नेछन्।
हामी हिँड्ने फुटपाथहरूका केही दृश्य यस्ता छन्-






यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया