रविन भण्डारी
                                पैदल यात्रुहरूलाई सडक वारपार गर्न सजिलो होस् भनेर काठमाडौँका धेरै ठाउँहरूमा अहिले आकाशे पुल बनेका छन्। कति ठाउँमा बनिरहेका छन्।
तर यी पनि सबै यात्रुका लागि सजिला छैनन्। टिनका पाता बिछ्याइएका धेरैजसो आकाशे पुलहरूमा न बालबालिकामैत्री छन्, न कुनै अपाङ्गतामैत्री।
ह्वील चेयर प्रयोगकर्ताहरूका लागि त आकाशे पुलको प्रयोग कल्पनाभन्दा धेरै परको कुरा हो। दृष्टिविहीन वा अरु अपाङ्गता भएकाहरूका लागि यी पुलहरू न उपयुक्त छन्, न सुरक्षित।

ललितपुर महानगरपालिकाले भने चक्रपथ क्षेत्रमा दुईवटा अपाङ्गतामैत्री आकाशे पुल निर्माण गर्न थालेको छ।
महानगरपालिका–२ सानेपा र ललितपुर महानगरपालिका–१३ महालक्ष्मी स्थानमा नयाँ आकाशे पुल निर्माण भइरहेका काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ।
ललितपुरको बालकुमारी, सातदोबाटो, एकान्तकुना, धोबीघाटमा आकाशे पुल निर्माण भइसकेका छन्। यीबाहेक नयाँ बन्ने पुलहरू अपाङ्गतामैत्री हुनेछन्।

आयोजना प्रमुख कृष्णनाथ ओझाले यसअघि चीन सरकारको सहयोगमा निर्माण भए पनि महालक्ष्मीस्थान र सानेपामा नेपाल सरकारले आफ्नै लागतमा आकाशे पुल निर्माण कार्य जारी रहेकाे जानकारी दिए।
‘महालक्ष्मीस्थान चोक र सानेपा चोकमा यात्रुको भीडभाड धेरै भएकाले स्थानीयको मागअनुसार आकाशे पुल निर्माण हुन लागिएको हो। यी दुवै पुल ह्विलचियरसमेत गुडाउन मिल्ने गरी अपाङ्गतामैत्री हुनेछन्’, उनले भने।
पैदलयात्रुको सहजताको लागि आकाशे पुल निर्माण गर्ने सम्झौता २०७५ मा भए पनि निर्माण कार्य भने केही महिनाअघिबाट मात्र सुरु भएको हो। सम्झौताअनुसार दुवै पुल आगामी आर्थिक वर्षभित्र निर्माण गरिसक्नपर्नेछ।

महानगरपालिका–२ का वडाध्यक्ष राजेश महर्जनले भीडभाड हुने मुख्य चोकमा आकाशे पुल निर्माण भएमा पैदलयात्रुलाई निकै सहज हुने बताउँछन्।
‘यहाँ दैनिक सयौँ मान्छे आवतजावत गर्छन् तर आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम छ। आकाशे पुल निर्माणपछि धेरै सहज हुनेछ’, उनले भने।
आम यात्रुले पनि पुलको प्रयोगै गर्दैनन्। आकाशे पुलमुनि ट्राफिक प्रहरी सिठ्ठी फुक्दै चौकीदारी गरिरहनुपर्छ। उसै पनि असुरक्षित रहेका आकाशे पुलहरूको प्रयोगमा सचेतना फैलाउनुपर्ने सडक विज्ञहरूको भनाइ छ।




                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया