बिएल संवाददाता
नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्माले पहिला कांग्रेसलाई आरोप लगाएको टिप्पणी गरेको छ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष ओलीले नै पहिला कांग्रेसले गिरीबन्धुको ५१ बिघा बेचेको भनेर आक्रमण सुरु गरेको बताउँदै आफूहरुले त्यसको प्रतिवाद गरेको टिप्पणी गरेका छन्।
एमालेले अध्यक्ष ओलीमाथि कांग्रेसले आधारहीन आरोप लगाएको भन्दै माफी माग्नुपर्ने बताएपछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो।
महामन्त्री शर्माले भने, ‘सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्ण फैसला दिएपछि कांग्रेस चुप नै थियो। तर यसको पहिलो प्रतिक्रिया, दमदार प्रतिक्रिया, आक्रामक प्रतिक्रिया अध्यक्ष ओलीकै थियो। उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो। उहाँले आरोप लगाउन संविधानले छुट दिने, प्रतिवाद गर्न उहाँलाई सोध्नुपर्ने?'
महामन्त्री शर्माले ओलीले कांग्रेसमाथि आरोप लगाएपछि आफूहरुले त्यसको प्रतिवाद गरेको स्पष्ट गरे। उनले कांग्रेसलाई आरोप लगाएपछि आफूहरु मौन धारण नगर्ने बताए।
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया