काँग्रेसका सांसदहरू नारा लगाइरहे, सभामुखले नीति तथा कार्यक्रम पास गरिदिए

File Photo
File Photo

सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएकाे छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित भएको हाे।

सभामुख देवराज घिमिरेले कांग्रेस सांसदकाे नाराबाजीकै बीच नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १ गते सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधनमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संवैधानिक व्यवस्थाबमोजिम हरेक जेठ १५ गते बजेट प्रस्तुत हुने भएकाले सोअघि नीति तथा कार्यक्रम पारित गरिएकाे हाे।

अब जेठ १५ गते सरकारले संसदमा बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

सहकारी अनियमितताका सन्बन्धमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनका बैठक अवरोध गर्दै आएको छ।

प्रकाशित मिति: : 2024-05-26 13:17:00

प्रतिकृया दिनुहोस्