राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालले राजीनामा दिएका छन्।
डा. नेपालले दिएकाे राजीनामा आइतबार राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ।
सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि उनले असन्तुष्टि जनाउँदै दिएकाे अभिव्यक्तिले उनी विवादमा तानिएका थिए।
‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूसमक्ष आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नुभएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’, राष्ट्रपति कार्यालयले भनेको छ।