सोमबार, १५ डिसेम्बर २०२५

बागलुङको लाम्मेलामा आगलागी

फाइल तस्विर
• • •

जिल्लाको तमानखोला गाउँपालिकाा– ४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन्।

घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका– ४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए। मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले  निभाउने प्रयास गरेका थिए।

गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उनले बताए।

घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेकोे हुनसक्ने आशङ्का उनले व्यक्त गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!