सनीराज शाक्य
स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित पक्राउ परेका दुईजना सुन तस्करीमा संलग्न रहेकाे खुलेकाे छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले गएराति काठमाडौँ महानगरपालिका–५ मालिगाउँबाट २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ गरेको थियो।
मालिगाउँ क्षेत्रमा स्रोत नखुलेको रकमको कारोबार भइरहेको छ भन्ने गोप्य सूचना प्राप्त भएपश्चात कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुको निगरानी राख्दै जाँदा बा.१३ च. ४८५८ नम्बरको गाडीबाट ९८ लाख रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेकाे हाे।
रुपन्देहीको सियारी गाउँपालिका–७ घर भएका मिलन यसअघि गत वर्ष असाेज १० गते दोलखामा ११.५ के.जी. अवैध सुनको पैठारी र संगठित अपराधमा पक्राउ पुर्जी जारी भई फरार रहेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

मिलनको सम्पत्ति शुद्धिकरणमा समेत मुद्धा अनुसन्धानमा रहेको खुल्न आएको छ। उनीहरुको मोबाइललगायतका सामाजिक सञ्जालहरुको समेत अध्ययन गर्दा हुण्डी तथा अवैध सुनको समेत कारोवारी रहेको खुल्न आएको एसएसपी भट्टराईले बताए।
प्रहरीका अनुसार उनीहरु विगत दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
पक्राउ परेका उनीहरुलाई संशोधित मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) हुण्डीसम्बन्धी कारोवार गर्न नहुने कसुरमा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाउने तयारी गरिएको छ।
उनीहरुलाई अनुसन्धानको क्रममा सम्पत्ति शुद्धिकरणलगायत कसुरमा थप अनुसन्धानसमेत गर्नुपर्ने देखिएको एसएसपी भट्टराईले बताए।

नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया