बिएल संवाददाता
बलिउड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको ब्रेकअप भएको छ। भारतीय मिडियाहरुले दुवैको ब्रेक भएको रिपोर्ट सार्वजनिक गरेकाे छन्। उनीहरू २ वर्षदेखि सम्बन्धमा थिए।
अनन्या पाण्डे र आदित्य कपुरका एक नजिकका साथीले मिडियासँग कुरा गर्दै यी जोडीको ब्रेकअपको खबर पुष्टि गरेका छन्।
यस वर्षको अप्रिल महिनामा अनन्या पाण्डेले पनि एक क्रिप्टिक पोस्ट सेयर गरेकी थिइन्, जसका कारण उनीहरुको ब्रेकअपको हल्लाले तिब्रता लिएको थियो। त्यतिबेला अनन्याले पोस्टमा लेखेकी थिइन्, ‘यदि ऊ तिम्रो हो भने अवश्य फर्किनेछ। यो सबै तिमीलाई पाठ सिकाउनको लागि हो। तिमीले स्वीकार गर्दैनौ र उसलाई बिदा गर, यदि ऊ तिम्रो हो भने फर्केर आउनेछ। यदि तपाईं विश्वास गर्नुहुन्छ भने यो वास्तवमा तपाईंको हो। किनभने यो तपाईंको लागि बनाइएको थियो, तर यो तपाईंको भाग कहिल्यै छैन। यो तिम्रो आत्मासँग कहिल्यै जोडिएको थिएन।'
अनन्याको यो पोष्ट आदित्य लक्षित रहेको र दुवैको सम्बन्ध बिग्रिएपछि उनले यो पोष्ट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। सार्वजनिकरुपमा भने दुवैले आफ्नो सम्बन्धबारे अहिलेसम्म चर्चा गरेका छैनन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया