सोमबार, १५ डिसेम्बर २०२५

सहकारी ठगीमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

फाइल तस्विर
• • •

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नाे सांसद गीता बस्नेतमाथि छानबिन गर्न माग गरेको छ।

राप्रपाको बिहीबार बसेको बैठक कार्यसम्पादन समितिको बैठकले आफ्नी सांसद बस्नेतमाथि छानबिनको माग गरेको हो।

साथै राप्रपाले सहकारीको रकम अपचलनको छानबिनमा सहयोग पुऱ्याउन आफ्नै सांसदलाई निर्देशन दिएको छ भने सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ।

त्यस्तै राप्रपाले सहकारी घोटालामा संलग्न अन्य जोसुकैलाई पनि छानबिन गर्न माग गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!