सोमबार, १५ डिसेम्बर २०२५

‘ब्याण्डविथ’को रकम भक्तानी नगर्दा देशभर इन्टरनेट सेवामा समस्या

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ। बिहीबार करिब ४ बजेदेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो।

उनीहरुले भारतीय कम्पनी एयरटेल, टाटालगायतका कम्पनिलाई ‘ब्याण्डविथ’ वापतको करिब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको ‘व्याण्डविथ’ काटिएको बताइएको छ। यसबाट नेपालका करिब ८० लाखभन्दा बढी इन्टरनेटका ग्राहक प्रभावित भएका छन्।

इन्टरनेट सेवा प्रदायकहरुले केही दिनअघि पत्रकार सम्मेलन गरेर नै सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएको थियो।

अर्कोतर्फ सरकारले भने इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रियल्टीलगायतका शुल्क नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस गर्न मानिरहेको छैन।

उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!