सौतेनी आमाको हत्या गरेकाे अभियोगमा छोरी पक्राउ

Symbolic photo
Symbolic photo

जुम्लामा सौतेनी आमाको हत्या गरेकाे अभियोगमा छोरी पक्राउ परेकी छन्।

पातारासी गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासी-१ गडिगाउँ घर भई माइतीघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट तल्फी र प्रहरी चौकी डिल्लीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2024-04-28 16:24:00

प्रतिकृया दिनुहोस्