सोमबार, १५ डिसेम्बर २०२५

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

News Image
• • •

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।

बिहीबार मुख्यमन्त्री कँडेलले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको छ। त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको छ। त्यस्तै एक मत तटस्थ रहेको थियो। 

४० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन्। त्यस्तै कर्णालीमा कांग्रेसका १४, राप्रपा र स्वतन्त्रका एक एक सांसद रहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!