बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ।
अख्तियारले डोजरले सडक खन्ने क्रममा भएको कामभन्दा बढी मूल्यांकन गरी ३८ लाख ७६ हजार २७० बढी भुक्तानी लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो।
मुद्धा दायर हुनेमा महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, इन्जिनियर रुद्र वली, सव इन्जिनियर हरि प्रसाद पाण्डे, वडा नम्बर २ का तत्कालिन वडा अध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जमकला काफ्ले र सचिव दधि कामी तथा महावैं गाउँपालिकाका लेखापाल मलिम रावत रहेका छन्।
यस्ताे छ अख्तियारकाे आरोप
जिल्ला कालीकोट, महावै गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं बास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा महावै गाउँपालिका कालिकोटले आ.व. २०७५/०७६ मा सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिमार्फत निर्माण गर्दा कार्य सम्पन्न प्रतिवेदनमा सडकको लम्वाई ८२० मिटर, चौडाई ४ मिटर र कडा चट्टान काटिएको परीमाण २०४५ घनमिटर उल्लेख गरेको देखिएको तर फिल्डमा सडकको वास्तविक लम्वाई ५२० मिटर, चौडाई औषत ३.७ मिटर र कडा चट्टान काटिएको परिमाण १६९.८० घनमिटर मात्र देखिएको हुँदा यसरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको रु.३८,७६,२७०।- (अठतीस लाख छयहत्तर हजार दुई सय सत्तरी रुपैयाँ) बढी भुक्तानी गरी आफूहरुलाई गैरकानूनी लाभ र गाउँपालिकालाई हानि पुर्याई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरुउपर देहाय बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया