कतारका राजा आउने भएपछि भाेलि सार्वजनिक बिदा

सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन्।

भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने छन् भने  राष्ट्रपतिले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन्।

यसैगरी कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ।

वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन्। कतारका अमिर थानी सोही  दिन काठमाडौँबाट प्रस्थान गर्नेछन्।

प्रकाशित मिति: : 2024-04-22 12:46:00

प्रतिकृया दिनुहोस्