एमालेकाे हिरक जयन्ती: पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिने, प्रचण्ड र देउवापछि माधवलाई पनि निम्ताे

नेकपा (एमाले)ले पार्टीको हिरक जयन्ती महोत्सवको आयोजना गर्दैछ।

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको भोलिपल्ट एमालेले हिरक जयन्ती मनाउन लागेको हो।

यस अबसरमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवम् पूर्वपार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने भएको छ।

हिरक जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि विशेष वक्ताको रूपमा आमन्त्रिण गरिएको छ।

प्रकाशित मिति: : 2024-04-22 08:08:00

प्रतिकृया दिनुहोस्