बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाट परेका दुवै दाबी अस्वीकृत भएकाे छ।
मंगलबार प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी निष्कर्षमा पुग्न नसकिएकाे भन्दै अस्वीकृत गरेका हुन्।
प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्नका लागि स्पष्ट दाबीसहित दुई दिनभित्र दाबी पेस गर्न आह्वान गरेका छन्।
यसअघि नाउपाबाट रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दुवै दाबीलाई अस्वीकार गर्दै दोस्रोपटक मुख्यमन्त्रीमा दाबी आह्वान गरिएकाे हाे।
प्रदेश प्रमुख मियाले वैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन्।
यसअघि प्रदेश प्रमुख मियाँले वैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिएका थिए। सो समयमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर र कैलाशले छुट्टा छुट्टै दाबी पेस गरेका थिए। तर लक्ष्मणकिशोरलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुखले फेरि सरकारमा दाबी गर्न आह्वान गरेका हुन्।

पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया