पाठेघर सफा गर्दा २२ वर्षीया युवतीकाे मृत्यु

File Photo
File Photo

दैलेखकाे आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीकाे पाठेघर सफा गर्दा मृत्यु भएकाे छ।

पेट दुखेको भन्दै उपचारका लागि बिहीबार बिहान कर्णाली प्रदेश अस्पताल भर्ना भएकी उनकाे उपचारकाे क्रममा दिउँसाे चिकित्सकले घोषणा गरेकाे हाे।

अस्पतालमा परीक्षण गराउँदा ४ महिनाअघि सुत्केरी हुँदा भीमाकाे पाठेघरमा सालनालका केही अंश बाँकी रहेकाेले सफा गर्नुपर्ने भएकाे चिकित्सकले बताएका छन्।

भीमाकाे परिवारका अनुसार उपचारका क्रममा चिकित्सकले रगत अभाव भएकाे भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरेकाे हाे।

हिँडेर नै अस्पताल गएकी भीमाकाे अस्पतालले एक्कासी मृत घोषणा गरेपछि परिवार अचम्ममा परेका छन्। उनका आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाकाे मृत्यु भएको आरोप लगाएका छन्। भीमाको मृत्युपछि अस्पताल तनावग्रस्त भएकाे थियाे।

प्रकाशित मिति: : 2024-04-12 12:54:00

प्रतिकृया दिनुहोस्