सोमबार, १५ डिसेम्बर २०२५

बागमतीका मेयर थापाविरुद्ध मुद्दा दायर

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
फाइल तस्विर
• • •

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ।

अख्तियारले मेयर थापाले पाँच करोड ३३ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जनाएको छ।

अख्तियारले २०७४ देखि २०७९ सम्म मेयर थापाको कूल १३ करोड २० लाखको सम्पत्ति देखिएको, जसमा ७ करोड ८६ लाख बराबरको सम्पत्तिको मात्र स्रोत भेटिएको भन्दै उनको ५ करोड ३३ लाख बराबरको सम्पत्ति  गरिकानुनी रहेको ठहर गर्दै मुद्धा दायर गरिएको जानकारी दिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!