नेपाली काँग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गरेको छ।
आज (मंगलबार) बसेको संसदीय दल कार्यसमितिले राष्ट्रियसभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो।
राष्ट्रियसभा उपाध्यक्षका लागि यही चैत २८ मा निर्वाचन हुँदैछ।