काँग्रेसले आज पनि टुंगाे लगाउन सकेन उपनिर्वाचनका उम्मेदवार

फाइल तस्विर
फाइल तस्विर

उपनिर्वाचनमा उम्मेदवार तय गर्न बसेको नेपाली काँग्रेसको संसदीय बोर्डको बैठक आज पनि अनिर्णित बनेको छ। संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो।

काँग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम- २ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन्। शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन्।

आज पनि कुरा नमिलेपछि भोलि बिहान ९ बजे संसदीय बोर्डको बैठक बोलाइएको छ। यसैगरी दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ।

काँग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बैठक सहमति नजिक रहेको बताएका छन्।

प्रकाशित मिति: : 2024-04-03 20:08:00

प्रतिकृया दिनुहोस्