शंकर आचार्यको ‘विधुवाको सिन्दूर’ आउने

नयाँ टेलिश्रृंखला ‘विधुवाको सिन्दूर’ काे सिरिज आउने भएको छ।

शंकर आचार्यको निर्माण, निर्देशन र शीर्ष अभिनय रहेकाे टेलिश्रृंखला चैत–३० गतेदेखि आउन लागेकाे हाे। 

आइतबार पोस्टर सार्वजनिक गर्दै आचार्यले आफूले ल्याउन लागेको सिरिजबारे जानकारी दिएका हुन्।

उनीसहित विद्या कार्की, रोहित कार्की, सुमन पाण्डे, लक्ष्मी थापा, सपना कँडेल, गीता खड्का, दिप्सन कार्की, हिमाल चौलागाईं र अस्मिता तामाङको अभिनय रहनेछ। 

हिमालय प्रिमियम, हिमालय टिभी र युट्युब च्यानलमा हेर्नमार्फत् सकिन्छ भने सोमबार साढे ५ बजे हिमालय टिभीमा पुनः प्रसारण हुने।

हिमालय टेलिभिजन र आचार्यको ब्यानर वरिष्ठे इन्टरटेनमेन्टको प्रस्तुतिमा सिरियल आउन लागेको हो। यो सिरियलको ९ एपिसोडको छायांकन पूरा भइसकेको जनाइएको छ ।

प्रकाशित मिति: : 2024-04-01 12:21:00

प्रतिकृया दिनुहोस्