एमाले झापा अधिवेशन: नेतृत्वका लागि ढुङ्गेल र गिरी भिड्दै

नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजबाट बिर्तामोडमा सुरु हुँदैछ।

अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी छ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव ढुङ्गेलले आकांक्षा व्यक्त गर्दै आएका छन्।

तर, नेतृत्वको सन्दर्भमा बुधबार साँझ केपी ओलीले पदाधिकारी टुंगो लगाएको सूचना बाहिर आएको छ। 

बाहिर आएको सूचना अनुसार अध्यक्षका बलिया उम्मेदवार ढुङ्गेलसँग छलफल समेत नगरी गिरीलाई अध्यक्षमा सर्वसम्मत गर्ने बुझिएको छ। 

झापाका शक्ति केन्द्र मानिदै आएका देवेन्द्र दाहाललाई समेत बाइपास गर्दै केन्द्रीय सदस्य दिपक कार्कीको योजना अनुसार अध्यक्ष ओलीले उक्त नामहरुमा सहमति गर्न जिल्लाका नेताहरुलाई निर्देशन दिएका छन्।

उक्त नामहरुको सन्दर्भमा कार्यकर्ता तहमा ठुलो असन्तुष्टि भइरहेको एमाले सम्बद्ध नेताहरुले प्रतिक्रिया दिएका छन्।

एमालेका नेता देवेन्द्र दाहालले समेत कार्कीको योजनालाई रोक्न नसकेको चर्चा भइरहेको छ। 

एमाले झापाका सचिव ढुङ्गेललाई कार्की विरुद्ध वर्षौदेखि प्रयोग गर्दै आएका दाहालले अध्यक्षमा गिरीलाई नै स्वीकार गर्ने ठाउँमा पुगेको गोप्य सूचना छ।

दाहाल र कार्की समूह जिल्लाको शक्ति संघर्षमा वर्षौदेखि लडाईमा थिए। तर, वर्षौदेखि साथ दिएका नेताहरुलाई छोडेर दाहाल पनि कार्कीसँग मिल्न पुगेको झापाका नेताहरुले प्रतिक्रिया दिएका छन्।

केन्द्रीय निर्देशन अनुसार गिरीलाई अध्यक्ष र सचिवमा तुलसी कार्की बनाउने सहमति भइसकेको दाबी गरिएको छ।

जिल्लामा सहमति भइसकेको हो भन्ने विषयमा अध्यक्षका अर्का उम्मेदवार ढुङ्गेलले त्यस विषयमा आफुलाई जानकारी नभएका झापाका मिडियाहरुमा खवर आइरहेका छन्।

कार्कीविरुद्ध उभिएका दाहाल पक्षीय दर्जनौ नेताहरु कार्की क्याम्पमा पुगेका छन्। 

जिल्लाको शक्ति संघर्षमा दाहाललाई कमजोर बनाउन सफल कार्की समूहको ज्यादती विरुद्ध निर्वाचनमा जान सक्ने कार्यकर्ताको मनसाय बुझिएको छ।

८० प्रतिशत प्रतिनिधिहरु ढुङ्गेलको पक्षमा मतदान गर्न तयार देखिन्छन् भने गिरी पक्ष निर्वाचनमा जान नहुनेमा जोड दिदैं आएका छन्।

झापा एमालेको शक्ति संघर्षमा प्रेम गिरी र शिव ढुङ्गेल दुवै जना देवेन्द्र दाहाल पक्षीय नेता मानिन्छन्। 

दाहालले ढुङ्गेलमाथि अन्याय गरेर गिरीलाई कार्कीको बलशक्तिमा अध्यक्ष बनाउन भिडिरहेको बुझिएको छ।

यता, कार्की केन्द्रीय सदस्यमा मनोनित हुनुअघि जिल्ला अध्यक्ष दोहोर्याउने तयारीमा थिए।

कार्की अध्यक्षमा दोहोराउने चर्चा हुँदा गिरी अध्यक्षका आकांक्षी समेत नभएको बुझिएको छ। कार्की आफु केन्द्रीय सदस्य मनोनित भएपछि अध्यक्षमा गिरीलाई अघि सारेका हुन्।

प्रकाशित मिति: : 2024-03-28 11:31:00

प्रतिकृया दिनुहोस्