२३ प्रहरी एकाएक गायब, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

फाइल तस्बिर, प्रहरी प्रधान कार्यालय परिसर
फाइल तस्बिर, प्रहरी प्रधान कार्यालय परिसर

नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ जना विभिन्न कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकासित गरेको हो।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली २०७१ को उपनियम १ को खण्ड (च) अनुसार कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका चार प्रहरी सहायक निरीक्षकसहितका २३ कर्मचारी रहेका छन्।

प्रकाशित मिति: : 2024-03-26 09:39:00

प्रतिकृया दिनुहोस्