कर्णाली पुलबाट हाम फालेका युवक अझै भेटिएनन्, खाेजी कार्यका लागि विशेष टाेली परिचालन गरिँदै

कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जनामध्ये बेपत्ता भएका युवक अझै भेटिएका छैनन्।

होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न १७ जना युवाले हाम फालेका थिए।

ती मध्ये लम्किचुहा नगरपालिका- ३ चिसापानी बस्ने ३० वर्षीय लोकेन्द्र शाही पाैडी खेल्न नजानेर बेपत्ता भएका थिए। उनी पानीमा बेपत्ता भएकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल छ।

बेपत्ता शाहीकाे हिजाे खाेजी कार्य गरेपनि साँझ परेपछि स्थगित भएकाे थियाे।

आज बिहानैदेखि खाेजी कार्य जारी रहेकाे र विशेष टाेली परिचालन गर्ने तयारी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले बिएल नेपाली सेवालाई जानकारी दियाे।

भिडियाे :

प्रकाशित मिति: : 2024-03-26 07:55:00

प्रतिकृया दिनुहोस्