दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सञ्चालन अनुमति दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनका लागि अनुमति दिन आदेश दिएको छ। 

सोमबार न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सञ्चालन अनुमति दिन सरकारका नाममा आदेश दिएको हो।  

 प्रसाईंको झापास्थित बिएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो।  

प्रसाईंले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट प्रसाईंले रिट दायर गरेका थिए।

प्रकाशित मिति: : 2024-03-25 16:53:00

प्रतिकृया दिनुहोस्