उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आधारहीन तथा अनर्गल सामाग्री प्रकाशन गर्ने मिडियालाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई निर्देशन दिएका छन्।
गृहमन्त्री लामिछानेले बिहीबार प्रमुख जिल्ला अधिकारीहरुलाई आधारहीन तथा अनर्गल सामाग्री लेख्ने न्युज पाेर्टल, फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल तथा छापा माध्यमहरुलाई कारबाही गर्न निर्देशन दिएका हुन्।
मन्त्री लामिछानेले अनर्गल, आधारहीन, भ्रामक सन्देशहरु प्रचारप्रसार गर्ने, जातीय सांस्कृतिका सद्भाव भड्काउने, राष्ट्रिय एकता, अखण्डता, सार्वभाैमिकतामा आँच आउने सामाग्री लेख्ने, कुनै व्यक्तिकाे गाेपनियताकाे हक अतिक्रमण गर्ने, सार्वजनिक प्रतिष्ठा र सम्मानमा नाेक्सान पुग्ने गरी अभिव्यक्ति दिने तथा अश्लीलता प्रदर्शन गर्ने जस्ता कार्य गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
त्यसका लागि जिल्ला प्रहरी कार्याल र जिल्ला प्रशासन कार्यालय एक/एक जना अधिकृत तहका कर्मचारी खटाएर डेक्स तयार गर्न मन्त्री लामिछानेले निर्देशन दिएका छन्।