गृहमन्त्रीबारे कांग्रेसकाे प्रश्न- छानबिन समिति नै गठन गर्न नहुने, के उहाँ स्वर्गबाट आएको हो?

Breaknlinks
Breaknlinks

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरेकाे छ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि छानबिन गर्न आगामी बैठकसम्म संसदीय समिति गठन माग गरेकी हुन्।

‘छानबिन समिति गठन गर्न किन डराउनुपर्‍यो? हिजो यही हाउसबाट छानबिन समिति बनेकाे छैन? बालकुमारी घटना त ताजै छ, यहीँ उफ्रीउफ्री समिति गठन गर्नुपर्याे, आयोग गठन गर्नुपर्याे भनेर। आज उहाँको विषयमा समिति गठन गर्नुपर्या भन्दाखेरि, समिति नै गठन गर्नै नहुने के उहाँ स्वर्गबाट आएको हो? हामी सबै यहीँ जन्मेका हौँ। उहाँ मात्रै एक जना निस्किनु भएकाे हाे त्यसरी? किन डराउनुपर्‍यो? झन् शंका उब्जेको छ’, न्यौपानेले भनिन्।

सदन गृहमन्त्रीलाई नचाहिएको भन्दै उनले भनिन्, ‘गृहमन्त्रीले गैरजिम्मेवार पूर्ण कुरा गर्नुभयाे। बाहिर बोल्नुभयाे सरकारको उपप्रधानले। प्रतिपक्षलाई च्यालेन्ज गर्दै, प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी चलाइरहन्छाैँ, हामी सत्ता हाकिरहन्छौँ भन्नुभयो। कसरी चल्छ सत्ता? प्रतिपक्षले संसद बन्द गर्दा सत्ता चल्छ? त्यो कदापि हुन सक्दैन। सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ।’ 

प्रकाशित मिति: : 2024-03-20 11:57:00

प्रतिकृया दिनुहोस्