एक साँप्रो भँगेराको

जयाको ह्वाट्सएप कल आयो। फोन घुर्रघुर्र बजिरह्यो। म उसको ह्वाट्सएप प्रोफाइल फोटोमा केहीबेर टोलाइरहें। हेरें, उसको प्रोफाइलमा एक सुन्दर भँगेरा स्याउको डालीमा टुक्रुक्क बसेको छ।

अनलाइनखबर

सुरेश राई

केही दिनदेखि देखिरहेछु एउटा चराको खुट्टा जस्तो देखिने सानो कुनै वस्तु पार्किङ लटको एकछेउ त्यसै परिरहेको छ। आजभोलि अपार्टमेन्टको बसाइ त्यसै पनि झिजो लाग्न थालेको छ। त्यसमाथि ज-जसले जे–जे काम जिम्मा लिएका छन् ठिक ढंगले गर्दैनन्। नत्र भने भुइँ बढार्ने जिम्मा लिएकाहरूले यत्तिका दिनसम्म त्यो वस्तु किन मिल्काएनन् हँ ? मेरै दिमाग तताउनलाई नै हो झैं गरेर किन कोही सफाइ गर्दैन यो साझा प्रांगणको ? 

मोटरसाइकल चालु गरिराखेर त्यो वस्तु के रहेछ भनी नजिक गएर नियालेर हेर्न थालें। त्यो एउटा चराको सम्पूर्ण साँप्रा थियो। त्यसको पञ्जा कुप्रिएको थियो। घामले सुक्दै गएर कालो हुने क्रममा थियो। खैरो टाटे–पांग्रे भुत्लाको रंगले त्यो साँप्रो भँगेराकै थियो भनेर चिन्न कुनै मुस्किल थिएन। 

प्रकाशित मिति: : 2024-03-20 09:14:00

प्रतिकृया दिनुहोस्