सुन प्रकरण: पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा छुटे

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङ धरौटीमा रिहा भएका छन्।

सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका गुरुङलाई साेमबार जिल्ला अदालत काठमाडौँले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे।

१४ किलो सुन तस्करीमा संलग्न आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फागुन १४ गते पक्राउ गरेको थियो।

गुरुङविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार अदालतमा मुद्दा दर्ता गरेकाे थियाे।

गत मंसिर २२ गते दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई १४ किलाे सुनसहित भन्सार कार्यालयले विमानस्थलबाट पक्राउ गरेकाे थियाे। साेही सुन प्रकरणमा गुरुङको ‘कनेक्सन’ देखिएपछि सीआईबीले गुरुङलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2024-03-18 16:53:00

प्रतिकृया दिनुहोस्